चिन्ता
होइन चिन्तन गरौँ,परीक्षाको
तयारी यसरी गरौँ।
अहिले हामी शैक्षिक सत्र को अन्त्य तिर
छौं।प्रारम्भिक बाल विकास देखि कक्षा १२ सम्मको परीक्षा आउँदै छ।यो समय आम
विद्यार्थी,शिक्षक र अभिभावकको लागि अति महत्वपूर्ण हुन्छ।
वर्षभरीको शैक्षिक खेती प्रदर्शन गर्ने, संकलन गर्ने,
भित्र्याउने र ग्रेडिङ गर्ने -गराउने समय आउँदै छ। मेधावी विद्यार्थी
र उनीहरुका अभिभावक तथा आम शिक्षकहरुको लागि त परीक्षाको समयअवधि विशेष रहने गर्छ।
परीक्षाको तयारी कसरी गर्नेःकेही उपयोगी टिप्सहरु
घर वा होस्टेलमा
Ø
-अभिभावकले
परीक्षाको समयअवधि भरी घरमा शान्तिपूर्ण वातावरण कायम राख्ने(हुनत सधैँ भरी नै
गर्नुपर्छ) र आफ्ना बालबच्चाको क्रियाकलापमा विशेष ध्यान दिने।
Ø
-अभिभावकहरुले
परीक्षाको समय अवधिभर आफ्ना बालबालिकहरुलाई मोबाइल, ट्याब, टि. भी,भिडियो
गेम आदि प्रयोग बाट टाढा राख्ने।
Ø
-परीक्षाको समय
अवधिभर शारीरिक र मानसिक रुपमा स्वस्थ हुनु अति आवश्यक छ।जसको लागि अभिभावक तथा
स्वयं विद्यार्थीहरुले आफ्नो आहार, विहार र
विचारमा विशेष ध्यान दिनुपर्छ। सकेसम्म सात्विक खाना खाने,
प्रशस्त झोलिलो खाद्यपदार्थ खाने, सुत्ने र उठने
समय निश्चित गर्न, निद्रा पर्याप्त हुनुपर्छ।तनाव र चिन्ता नलिने
बरु बिहान ३/४ मिनेट ध्यान तथा प्राणयाम गर्ने।
Ø
-अभिभावकले पनि
परीक्षाको बेलामा आफ्ना बालबालिकाहरुलाई लगातार पढिरहन भन्दा नि बिचबिचमा फ्रेस
हुँदै पढन प्रेरित गर्ने।उनीहरुको आत्मवललाई बढाउने प्रयास गर्ने।
Ø
-शिक्षकहरुबाट
प्राप्त नोटको अध्ययन तथा सम्भावित प्रश्नहरुको उत्तरको तयारी गर्न र गराउन
अभिभावकहरुले आफ्ना बालबालिकाहरुलाई सहयोग गर्ने।
-
मुख्य
विषयवस्तु घोकेर होइन बुझेर ,मुख्य बुँदाहरु
सरसर्ती पढने,आवश्यक परे लेख्ने
Ø
-सम्भव भएमा
विशिष्टिकरण तालिका र नमूना प्रश्नहरु हेर्ने र मनमनै उत्तर सोच्ने, भाषिक
विषयको हकमा समय छ भने एक दुई प्रश्नहरुसमयसि तोकेर उत्तर लेख्ने गर्दा
आत्मविश्वास बढछ।
Ø
-परीक्षामा
प्रयोग गर्ने नयाँ पेन घरमा पनि २/३ लाईन लेखेर टेस्ट गर्ने ताकी पेनले राम्रोसँग
लेखोस्।
Ø
-परीक्षामा
जानुपुर्व आफूलाई चाहिने स्टेशनरी सामानाहरु जस्तै पेन,
पेन्सिल, स्केल, इरेजर,
क्यालकुलेटर र प्रवेश पत्र लिएर जाने
Ø
-परीक्षामा कालो
वा निलो बाहेक अन्य कुनै पनि (रातो, हरियो, पहेलो
आदि) मसि प्रयोग गर्न पाइदेन त्यसकारण त्यस्ता पेन नलैजाने।
Ø
परीक्षा हलमा
Ø
हुन त
तपाईहरुले कुनै विषयको बारेमा कति जान्नु भएको छ भन्ने कुरा २/३ घन्टाको लिखित
परीक्षाले वास्तविक रुपमा मूल्यांकन गर्न नसके पनि,सिदान्ततःतपाईको
ज्ञान र क्षमताको परीक्षण यसैबाट हुन्छ।
Ø
-परीक्षाहलमा
उच्च आत्मबलका साथ प्रवेश गरी तोकिएको सिटमा बस्ने।
Ø
-उत्तरपुस्तिकामा
स्पस्ट रुपमा आफ्नो नाम, सिम्बोल नं अक्षर र अंकमा, विषय, कक्षा, भाषाको
माध्यम आदि लेख्ने
Ø
-रातो र हरियो
मसी कदापि प्रयोग नगर्ने
Ø
-भाषिक विषयमा
समबेदना, बधाई, सूचना, इमेल
आदि लेख्दा बकस भित्र राम्रो हुन्छ
Ø
-आफ्नो हाजिर
अनिवार्य गर्ने।
Ø
-प्रश्नपत्र
पाइसकेपछि ३-४ पटक लामो गहिरो सास लिने जसले हाम्रो मस्तिष्कमा पर्याप्त मात्रामा
अक्सिजन पुग्छ जसले स्मृति र तर्क शक्तिलाई बलियो बनाउछ।
Ø
-विद्यार्थीहरुले
परीक्षा हलमा पालना गर्नुपर्ने आचारसंहिता पूर्णरुपमा पालना गर्नुपर्छ।वास्तवमा ति
आचारसंहिता उनीहरुको नै भलाईको लागि बनाइएका हुन्छन्।
Ø
-परीक्षा हलको
वातावरणलाई मर्यादित बनाउने काम हलमा खटिएको निरिक्षकले गर्नुपर्छ ताकी मेधावी
विद्यार्थीहरुले आफ्नो ज्ञान, सीप र दक्षता
भरपुर रुपमा प्रयोग गर्ने अवसर पाउन।
Ø
-एस.इ.इ को
उत्तरपुस्तिकामा बाहेक (एस.इ.इको मा पहिले नै दिएको हुन्छ) अन्यमा दायाँ र बायाँ
स्केलले ठाडो रेखा तानेर केही मार्जिन छोड्दा अंक दिन सजिलो हुन्छ र पुस्तिका
आकर्षक समेत देखिन्छ।
Ø
-१/२ मिनेट
लगाएर सरसर्ती सबै प्रश्नहरु हेर्ने तर आफूले राम्रोसँग जानेको कुनै पनि प्रश्नबाट
उत्तर लेख्न शुरु गर्ने।शुरुमा सुन्दर अक्षर र केरमेट रहित लेखाइले कपी परीक्षकमा
सकारात्मक प्रभाव पार्न सकिन्छ। (First impression is the lasting
impression)
Ø
-हरेक प्रश्नको
उत्तर लेख्नुपूर्व प्रश्न राम्रोसँग पढेर बुझेर मात्र लेख्ने गर्नुपर्छ।
Ø
-प्रश्नपत्रमा
कुनै टिक मार्कस बाहेक अन्यथा केही पनि लेख्नुहुँदैन।
Ø
-कतिपय
विद्यार्थीहरुले प्रश्न सार्ने गरेको पाइन्छ यस्तो गर्नुहुदैन किनकि तपाईलाई
दिइएको समय उत्तर लेख्नलाई हो प्रश्न सार्नलाई होइन। फलस्वरुप सबै प्रश्नहरुको
लागि समय पुग्दैन,तर कति नं. प्रश्नको उत्तर लेख्दै हुनुहुन्छ,
स्पस्ट लेख्नुपर्छ।
Ø
-प्रश्नहरुको
उत्तर लेख्दा (विशेष गरि भाषिक विषयको हकमा) सम्बन्धित प्रश्नको अंकभार हेर्ने र
अति छोटो प्रश्न १ अंकभारको छ भने सामान्यतः १ वाक्य वा बुँदा र ३,४,५
अंकभारका प्रश्नहरुमा क्रमशः कम्तिमा ३,४,५ वटा
बुँदा वा सोही अनुसारको अनुच्छेद लेख्ने वा प्रश्नको निर्देशन बमोजिम लेख्ने
गर्नुपर्छ।
Ø
-हरेक प्रश्नको
उत्तर लेखे पछि कम्तिमा १/२ लाइन ग्याप छोडने जसले उत्तरपुस्तिकालाई सफा र आकर्षक
देख्न सहयोग गर्छ।
Ø
-मेधावी
विद्यार्थीहरुले आफ्ना प्रतिस्पर्धीहरुको भन्दा राम्रो अंक पाउनको लागि उत्तर
लेख्दा लागि भाषिक विषयमा कतिपय प्रश्नहरुले खोजेजस्तो मौलिकता र सिर्जनशिलतामा
जोड दिनुपर्छ।
Ø
-थप
उत्तरपुस्तिकामा थपेको विवरण निरिक्षकबाट प्रमाणित गर्ने र मसी परिवर्तन गर्दा पनि
सोही अनुसार गर्ने
Ø
-कतिपय
विद्यार्थीहरुले आफूले जानेको प्रश्नको उत्तर लामो लेख्ने गरेको पाइन्छ तर यसो
गर्दा नत तोकिएको भन्दा बढी अंकनै आउँछ,नत बाकी
प्रश्नको उत्तरलाई समयनै पुग्छ।यसर्थ समय व्यवस्थापनमा ख्याल गर्नुपर्छ।
Ø
-कुनै चित्र वा
फिगर बनाउनु परेमा सिसाकलमको अनिवार्य प्रयोग गर्ने।
Ø
-निर्धारित समय
भन्दा १५ मिनेट पहिले प्रश्नको उत्तर लेखेको सक्ने र बाकी समय आफूले लेखेको उत्तर
हेर्ने कही कतै गल्ति भएको भए सच्च्याउने तर अनावस्यकरुपले केरमेट नगर्ने।गल्ती
शब्द वा वाक्यमा सामान्य एउटा सिधा क्रस लाइन तान्ने।
Ø
-आफ्नो
उत्तरपुस्तिका निरिक्षकलाई बुझाउनु भन्दा पहिले राम्रोसँग स्टिच गरेर बुझाउने।
Ø
-साना कक्षाका
बालबालिकाहरुले हतार गरेर कतिपय प्रश्नहरुको उत्तर नलेखि पनि परीक्षा हलबाट बाहिर
निस्कने स्वभाव हुने हुँदा उनीहरुको सबै प्रश्नहरुको उत्तर लेखे नलेखे को
सुनिश्चित गरेर मात्र बाहिर जान दिनुपर्छ।
-परिक्षाहलबाट बाहिर निस्केपछि प्रश्नउत्तरको
बारेमा स्वभाविकरुपमा साथी र गुरुहरुसँग चर्चा हुन सक्छ।यदि कुनै उत्तर गल्ती भएको
भए पनि चिन्ता नलिने किन कि अब चिन्ता लिएर केही हुने वाला छैन्। बरु अर्को दिन
हुने विषयको बारेमा सोच्ने, छलफल गर्ने र
तयारी गर्ने।
निष्कर्षमा,अझै
पनि हाम्रो मूल्यांकन पद्धतिले पेपर- पेन्सिल टेस्ट र वार्षिक परीक्षाको नतिजालाई
प्राथमिकता दिइरहेको हुँदा, आम विद्यार्थी,शिक्षक
तथा अभिभावकहरुले आ-आफनो स्थानबाट आफनो जिम्मेवारी पुरा गर्दै परीक्षाको समयमा
चिन्ता होइन,विशेष चिन्तन गर्नु पर्ने आवश्यकता देखिन्छ।

0 Comments